नियम
शव परीक्षणको प्रतिवेदन पठाउनु पर्ने

(१) ऐनको दफा ११ को उपदफा (३) बमोजिम शवको परीक्षणको लागि पठाइएको कार्य सम्पन्न भै सकेपछि बाटाको म्याद बाहेक
चौबीस घण्टाभित्र सम्बन्धित सरकारी चिकित्सकले अनुसूची–९ बमोजिमको शव परीक्षणको प्रतिवेदन सम्बन्धित प्रहरी कार्यालयमा पठाउनु पर्नेछ ।

(२) प्रहरीद्वारा घाउ जाँचको लागि पठाइएको अनुसूची–१० बमोजिमको घाउ जाँच केस फारामसम्बन्धी प्रतिवेदन तथा अनुसन्धानको सिलसिलामा बुझ्नु पर्ने कुनै व्यक्तिको अवस्थाको सम्बन्धमा माग भएको जानकारी बाटाको म्याद बाहेक चौबीस घण्टाभित्र उपलब्ध गराउनु सम्बन्धित अस्पताल वा हेल्थ पोष्टको कर्तव्य हुनेछ ।